२०८३ भदौ २७ , शनिबार

‘‘विकास र आर्थिक समृद्धि नै मेरो एजेन्डा’’



नेकपा (एमाले) कर्णाली प्रदेशका उपसचिब रविन्द्रराज शर्मा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि दैलेख क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । २०७४ को निर्वाचनमा वाम गठबन्धनको समर्थनमा विजयी भएका शर्मा यसपटक पनि चुनावी मैदानमा छन् । शर्मासँग उहाँको पुनः उम्मेदवारीको अर्थ, दैलेखको विकास र समृद्धिबारे केन्द्रीत रहेर गरिएको कुराकानी ।

तपाईंको उम्मेदवारी किन ?

दैलेख क्षेत्र नम्बर १ को पूर्वाधार निर्माण र नीति निर्माणको तहमा इमानदार भएर काम गर्न म प्रतिबद्ध छु । मलाई एउटा ‘चक्कु’ सम्झनुहोस्, जसलाई तपाईं विकासका फलहरू काट्न र बेथितिहरू छिनाल्न प्रयोग गर्न सक्नुहुन्छ । विकास गर्ने पार्टी नेकपा एमाले हो । एमाले एउटा यस्तो पार्टी हो र जसले देशको विकासको लागि सोच्ने गर्दछ । एमालेले गर्ने काम अरु पार्टीले गर्दैन । बिना स्वार्थ जनताको हक हितको लागि काम एमाले नै गरेको छ । हामी निवार्चित भइसकेपछि दैलेखको विकासको लागि हामीले थुपै्र काम गरेका छौं । मध्यपहाडी राजमार्ग अधुरो भएको काम पूरा गर्न पहल भयो । केहि मात्रामा काम छिटो छरितो भयो । दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् अभियानको हाम्रो पालामा भयो  । अर्कोतर्फ, बेग्ला–बेग्लै योजना भएपछि सँगै हिँड्न सकिँदैन । दैलेखको सबालमा पनि विकास र समृद्धि सबैको खाका भएपनि कसरी गर्ने भन्ने विषयमा एकमत नहुँदा एकजुट हुन नसकेको हो । तथापी हामीले समग्र जनताको भावनालाई प्रतिनिधित्व गरेका छौं । विकास र सुशासनसँगै कस्तो परिवर्तन आवश्यक छ भन्ने स्पष्ट खाका  प्रस्तुत गरिएको छ ।यही सामाजिक चेतनालाई संसदमा पुर्‍याएर बलियो नीतिगत आधार निर्माण गर्न नै मेरो उम्मेदवारी हो ।

निवार्चन नजिकै छ, समग्र दैलेखको विकासमा के–कस्ता काम गर्नुभयो ? 

जिल्लामा अलपत्र पारिएका ठुला विकासे योजना÷आयोजनाको काम अघि बढाउन दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा (एमाले)का उम्मेदवार विजयी हुनुपर्ने तर्क प्रस्तुत गर्नुभयो । जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता जनता माझमा लिएर जान्छौँ। ‘हामीले जनताका समस्या नजिकबाट बुझेका छौँ । सोही अनुरूप समाधानतर्फ लाग्छौँ। नेकपा एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवम् हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले हाम्रो पक्षमा मतदान गर्ने विश्वास छ । जसले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्ध भत्ता, अपांगता भत्ता, सामाजिक सुरक्षा योजना, ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी’ जस्ता लोकप्रिय कार्यक्रममार्फत नेपाली जनतालाई सुखी र नेपालको अर्थतन्त्रलाई स्वाधिन बनाउन निरन्तर काम गर्दै आयो । दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् अभियानको पहल गरियो ।

निर्वाचन नजिकिँदो छ, यसपटक चुनाव जित्नको लागि यहाँका योजना कस्ता छन् ?

हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम, जनताको जीवनस्तर उकास्न खेलेको भूमीकालाई जनस्तरसम्म लैजाने योजना बनाइरहेका छौँ । भारतीय नाकाबन्दीविरुद्ध डटेर चट्टानी अडान लिँदै राष्ट्रिय हितका विषयमा एमालेले खेलेको भूमीका एमालेजनले मात्रै होइन, अरु पार्टीका संगठित मान्छेले पनि प्रशंसा गरिरहेको विषय हो । यी कामहरु जनताको माझमा लिएर जान्छौँ । यी काम देखाएर आगामी दिनमा गर्ने कामको योजना देखाएर जनतालाई सुर्य चिन्हमा मतदान गर्न आह्वान गर्दै आगामी निर्वाचनमा एमालेलाई भारी मतका साथ जनताले जिताउँछन् ।

यो पटक जनताहरुले नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा किन मतदान गर्ने ?

नेपाली जनता अब सुशासन, जनता समृद्धी, देशको भौगोलिक अखण्डता चाहन्छन् । स्वाधिनताको रक्षा गर्न चाहन्छन् । जनता राजनीतिक स्थायीत्व चाहन्छन् । यी कुराहरु नेकपा एमालेको मुल मुद्दा हुन् । देशलाई भ्रष्टाचारमुक्त गराउने कुरा आउँछ । अहिलेको मुल मुद्दा विकास हो । त्यसैले हामी निर्वाचनमा सुशासन र समृद्धिको नारासहित जाँदै छौं । देशमा सुशासन र समृद्धिको लागि आम जनताले नेकपा एमालेलाई भोट दिनुहुन्छ ।

अन्त्यमा, मतदातालाई केही भन्न चाहनुहुन्छ ?

दैलेखमा आवश्यकता अनुसार सम्भावना बोकेका सडकहरुलाई दीर्घकालिक योजनाका साथ काम गर्ने, हामीले अझै काम गर्न धेरै बाँकी छ शिक्षा, स्वास्थ्य यातायात कृषि, पर्यटनलगायतका क्षेत्रमा हामीले थुप्रै काम गरेका छौं । फेरि पनि नेकपा एमालेको सरकार बन्ने छ भन्नेमा हामी ढुक्छौँ । दैलेखमा अधुरो रहेको पेट्रोलियम पदार्थको उत्खनन्को काम छिटो छरितो गर्नको लागि पनि दैलेखी जनताले मलाई निवार्चित गराउने छन् । अब यो पटक म निवार्चित भए भने फेरि जिल्लाको लागि केही बाँकी रहेका काम गर्नेछु । जिल्लाको विकास र समृद्धि मेरो प्राथमिकता हो ।

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार
प्रतिक्रिया