
यामराज बिष्ट ,दैलेख । कर्णाली प्रदेशका सामाजिक बिकास समितीका सभापति पूर्ण बहादुर खत्रीले समाज निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सरस्वती मन्दिर बृद्धाश्रम ९औ साधरण सभा उद्घाटन कार्यक्रममा ज्येष्ठ नागरिकबाट धेरै कुरा हामिले सिक्नुपर्नेहुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।उहाँले ज्येष्ठ नागरिकलाई समाजलाई गोलबद्ध बनाउन ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समयमा सरस्वती बृद्धाश्रमले निकै महत्वपूर्ण काम गरेकाले आफूले प्रदेश सरकारबाट सक्ने सहयोग निरन्तर रहने सभापति खत्रीको भनाई छ ।
यस्तै नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले प्रत्येक ज्येष्ठ नागरिकलाई सबैले सम्मान गनुपर्ने बतानुभयो । उहाँले नारायण नगरपालिका सरस्वती बृद्धाश्रमलाई सक्ने सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण दिएको बताउनुभयो ।
कार्यक्रममा सरस्वती बृद्धाश्रमका अध्यक्ष मदनबहादुर खड्काले ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्य राम्रो संस्कार र संस्कृति भएकाले आआफ्ना आमाबुबाको हेरचाह गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सरस्वती बृद्धाश्रमलाई जीवित राख्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सरस्वती मन्दिर बृद्धाश्रमका सदस्य खगेन्द्र श्रेष्ठले वृद्धाश्रमलाई स्थापना कालदेखि हालसम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।उहाँले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव अनुभव महत्वपूर्ण हुने भएकाले उहाँको सल्लाह सुझाब समाजका लागी महत्वपूर्ण हुने बताउनुभयो ।
यस्तै वृद्धाश्रमलाई स्थानीय सरकारको निरन्तर साथ रहने नारायण नगरपालिका-६ का वडाध्यक्ष जनक न्यौपानेले बताउनुभयो । उहाँले वृद्धाश्रम ज्येष्ठ नागरिकको दुःख–सुख साटासाट गर्ने थलो भएकाले यहाँ स्वस्थ, शान्त र आत्मीय वातावरण उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
ज्येष्ठ नागरिक महासंघका केन्द्रिय उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवारको सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिकअनुभवले हामीलाई अघि बढ्न प्रेरणा हुने बताउनुभयो ।








