
यामराज बिष्ट
दैलेख । जिल्लामा पछिल्लो समयमा महिलाहरु आयआर्जनका कार्यमा सक्रिय थालेका छन् । महिलाले पनि ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै महिलाहरुले बिभिन्न ब्यबसाय सञ्चालन गर्दै आएका छन् ।
जसको उदाहरण हुनुहन्छ नारायण नगरपालिका–३ भुर्तिका २२ वर्षीया कृष्णा नेपाली । उहाँले तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै १ वर्ष भयो । उहाँले एभरेष्ट क्लबले १लाख, गोठपाँडा कृषक सहकारीबाट संञ्चालित घुम्तीकोषबाट दुई लाख ऋण लगेर किस्तामा अटो लिएको बताउनुभयो । उहाँले अटो रिक्सा चलाएर घर खर्च धान्न सजिलो भएको बताउनुभयो । अटो रिक्स चलाएर पछिल्लो समयमा मासिक३०हजार रुपैँया भन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाई छ । दैलेखबजार र जिल्ला भगवतीमाई गाँउपालिका,तल्लो डुवेश्वर लगायत बिभिन्न ठाँउमा अटो चलाउने गरेको कृष्णाले बताउनुभयो । उहाँले कक्षा १० को पढाइ सकिलगत्तै अटो रिक्सा चलाउन सुरु गरेको बताउनुभयो ।
रिक्सा चलाएर घरमा आमाबुवा, दिदीबहिनी र भाइ भएकाले आफूले घरको जिम्मेवारी पूरा गर्न अटो चलान सुरु गरेका उहाँले बताउनुभयो । उहाँले पछिल्लो समयमा घर खर्च जुटाउन सजिलो भएको कृष्णाको भनाई छ । उहाँले काम पाईएन भनेर विदेशिनु भन्दा आफ्नै ठाउँमा केहि गर्नुपर्ने बताउनुभयो ।
यस्तै नारायण नगरपालिका–३की संगीता नेपालीले मासिक करिब २०हजारको हाराहारीमा आम्दानी हुन्छ गरेको बताउनुभयो । उहाँले अटो चलाएर कमाएको पैसाले परिवार पाल्न सजिलो भएको छ । विगत दुई वर्षदेखि अटो चलाउन थालेको उहाँले बताउनुभयो । सुरु सुरुका दिनमा चलाउन सकिदैन् कि भन्ने डर मात्रै लागेको थिएन, मान्छेहरूले के भन्ने हुन् भन्ने संकोच पनि लागेको थियो । उहाँले घरको आर्थिक अवस्था कमजोर हुँदा घर खर्च चलाउन समेत समस्या थियो अहिले अटो चलाउन सुरु गरेपछि सहज भएको बताउनुभयो ।
उहाँ अहिले उहाँले अटो चलाएर आफ्नै देशमा भनेजस्तै आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । उहाँले अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थालेको बताउनुभयो ।सुरुका दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि रिक्सा चलाउँछन् र भन्ने प्रश्न आउने गर्थे तर मनमा साहस हुँदा र आत्मनिर्भर बन्ने चाहना भएपछि हरेक काममा सफलता मिल्ने उहाँको अनुभव छ ।







