२०८३ जेठ १९ , मंगलबार

दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा शाही



 

कर्णाली । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश कार्यसमितिको अध्यक्षमा तुल्सी शाही निर्विरोध चयन हुनु भएको छ ।प्रतिष्ठानको तेस्रो अधिवेशनबाट शाही निर्वाचित  हुनु भएको हो । २७ सदस्यीय प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौतम , प्रथम उपाध्यक्षमा नवराज भण्डारी , द्वितीय उपाध्यक्षमा कुलबहादुर वली, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा प्रकाश बाबू ऐडी, महिला सचिवमा टीका हमाल,कोषाध्यक्षमा यामराज बिष्ट र सहसचिवमा सुरेन्द्र आचार्य र सह कोषाध्यक्ष चन्द्र बहादुर निर्वाचित हुनु भएको हो ।

यसैगरी समितिको सदस्यमा अमर चन्द, आनन्द अधिकारी, शुर्यबहादुर खड्कका, बिर्खबहादुर मल्ल, रङ्ग विरही कार्की, सुर्यबहादुर थाािक्षेत्रि, सरन सिह, लक्ष्मी कार्की, सम्झना अधिकारी,निर्मला गाहामगर, रमेश कुमार गाँगी क्षेत्री,किरण किसोर पन्त ,नयाराम न्यौपाने,मणिराम बढाथोकी,यूवराज ओझा,शेरबहादुर केसि।सपना रोकायछनौट गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक मन्त्री घनश्याम भण्डारीले  प्रतिष्ठानले कलाकारहरुमा सिमित नरही समाजको हरेक दुखसुखमा सहयोग गर्ने सामाजिक संस्थाको रुपमा स्थापित भएको वताउनु भयो । उहाँले कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सल्लाहकार टिकाराम चपाई,मानार्थ सदस्य हरि बिष्ट,केन्द्रिय महिला उपाध्यक्ष राधिका हमाल र केन्द्रिय सदस्य राजु केसि ,खड्क चन्दको उपस्थिती रहेको थिए

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार
प्रतिक्रिया