२०८३ कात्तिक ११ , मंगलबार

सिञ्जामा नेपालको नक्सा पर्यटकीय गन्तव्य बन्दै



जुम्ला, कात्तिक ७ गते । जुम्लाको सिञ्जा गाउँपालिका–३ राइके डाँडामा ढुङ्गाको पर्खालबाट निर्माण गरिएको नेपालको विशाल नक्सा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। नक्सा हेर्न तथा तस्बिर, भिडियो र टिकटक बनाउन आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ।

गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त नक्सा १५० मिटर लामो र ४५ मिटर चौडा छ। बजेट अभावका कारण थप व्यवस्थापन हुन नसकेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नेपालको झण्डा निर्माण गर्न तीन लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते शनिबार
प्रतिक्रिया