
दैलेख । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि तथा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिको परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणामअनुसार युवा, खस आर्य, महिला, दलित तथा आदिवासी जनजाति समूहबाट विभिन्न उम्मेदवार विजयी भएका छन्।
महाधिवेशन प्रतिनिधि ३५ वर्षमुनिको युवा खुलातर्फ मनोजकुमार थापाले ६३५ मत प्राप्त गरी विजयी हुनुभएको छ। सुशील देउजाले ३८३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। चेतन न्यौपानेले ३०३ र भीमबहादुर थापाले २५४ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै समानुपातिक खस आर्य खुलातर्फ नरसिंह मल्ल ४८२, प्रकाश न्यौपाने ४१८ र सुवास कुमार थापा ४१२ मत प्राप्त गरी विजयी हुनुभएको छ। कृष्णप्रसाद कोइरालाले ३०४, प्रकाशकुमार शाहीले २१७, प्रेमबहादुर चन्द अमृतले १८८, वीरबहादुर शाहीले १३७, भक्तबहादुर भण्डारीले १५८ र हसराज अधिकारीले २३१ मत प्राप्त गर्नुभएको छ।
महाधिवेशन प्रतिनिधि पेशागत विज्ञतर्फ पूर्णप्रसाद कोइराला ३६३ मतसहित विजयी हुनुभएको छ। खेमराज केसीले ३१४ र रामबहादुर शाहीले २२३ मत प्राप्त गर्नुभएको छ।
महाधिवेशन प्रतिनिधि अपाङ्गतातर्फ रणबहादुर कार्की ४०४ मतसहित विजयी हुनुभएको छ। कनकबहादुर सेन ठकुरीले २२२ र गणेशबहादुर योगीले ३१८ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै समानुपातिक खस आर्य महिलातर्फ कमला चन्द ६८६, मन्जुकुमारी पाण्डे ५६५ र सीता ज्वाली ५८२ मतसहित विजयी हुनुभएको छ। मोहनमाया पाण्डेले ५३८ मत प्राप्त गर्नुभएको छ।
जनआन्दोलनरशहिद परिवार तथा द्वन्द्वपीडिततर्फ बखतबहादुर कटुवाल ५६५ मतसहित विजयी हुनुभएको छ। महेन्द्रकुमार रानाले ३७७ मत प्राप्त गर्नुभएको छ।
समानुपातिक दलित महिलातर्फ पशुपति सुनार ५२० मतसहित विजयी हुनुभएको छ भने सम्झना गहताराजले ३५० मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी समानुपातिक आदिवासी जनजाति महिलातर्फ दुर्गाकुमारी श्रेष्ठ ४९२ मतसहित विजयी हुनुभएको छ। करिश्मा कुमारी सिजाली मगरले ३५२ र सरस्वती श्रेष्ठले १८८ मत प्राप्त गर्नुभएको छ।समानुपातिक आदिवासी जनजाति खुलातर्फ विनोदकुमार श्रेष्ठ ४२८ मतसहित विजयी हुनुभएको छ। देवेन्द्रकुमार पुनले १९० र हरिबहादुर रानाले ३११ मत प्राप्त गर्नुभएको छ।








