२०८३ भदौ २८ , आइतबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको अध्यक्षमा अधिकारी



 

कात्तिक २२ गते देलेख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति दैलेखको अध्यक्षमा हेमराज अधिकारी चयन हुनुभएको छ। दैलेख सदरमुकाममा सम्पन्न प्रतिष्ठानको चौस्रो जिल्ला अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो  ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा हेमेन्द्र विक, द्धितिय उपाध्यक्षमा खगेन्द्र खड्का ,सचिवमा कृष्ण बहादुर सुनार,सह सचिब ध्वज बहादुर ,कोषाध्यक्ष उपेन्द्र कुमार केसि, सहकोध्यक्ष उर्मीला बिशी चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा कुस्मा थापा,बबिता बिष्ट, जगत ब्यजन,चक्र विश्वकर्मा,  मीना बिक चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधीकारीहरुलाई बाधाई तथा शुुभकामना दिर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति दैलेख निर्वतमान अध्यक्ष यामराज बिष्टले नवप्रतिभाहरुको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो नेतृत्वमा प्रतिष्ठानलाई उदाहरणीय प्रतिष्ठानको रुपमा चिनाउन सफल भएको भन्दै आगामी दिनमा पनि सबै कलाकारहरुलाई गितसंगितले मानिसलाई सकरात्मक दिशातर्फ अगाडि बढ्न प्रेरित गर्ने भएकाले लोक गित संगितको संरक्षणको लागी सबै जिम्मेवार हुन आग्रह गर्नुभयाे ।

यस्तै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय सदस्य राजु केसिले बधाइ ज्ञापन गर्दै आफ्नो पेशाप्रति प्रतिवद्व भएर लोक तथा दोहोरी गीतलाई पेशागत रुपमा मर्यादित र व्यवस्थित बनाउनका लागि इमान्दार भएर काम गर्न आग्रह गरे ।उहाँले लोक तथा दोहोरि गित सङ्गीतको रक्षार्थ निस्वार्थ भएर काम गर्न आग्रह गर्दै नबनिर्बाचित कार्यसमितिलाई सफल कार्यकालको सुभकामना व्यक्त गरेका थिए ।

अधिवेशमा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले समाजमा लोकगीत र संगीतको प्रभाव बढ्दै गएको भन्दै यसलाई जोगाइ राख्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले लोकसंगीतलाई आफ्नो पेशा बनाएर अघि बढिरहेका प्रतिभावान् कलाकारलाई हतोत्साहित हुन नदिन पनि प्रतिष्ठानले आफुलाई अब्बल बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान संस्थापक, गायक लोकेन्द्र जिसी कुमार ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय महिला सचिब जमुना राना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका पुर्व उपाध्यक्ष अभिषेक अनुरागले  संस्थाको अग्रज नेतृत्व, शुभेच्छुक, सहयोगी संघ–संस्था र सम्पूर्णप्रति आभार व्यक्त गर्दै एकता, सहकार्य र सांस्कृतिक अभियानलाई निरन्तर अघि बढाउनुपर्ने बताउनुभएको थियो ।

 

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार
प्रतिक्रिया