
यामराज बिष्ट, दैलेख। दसैँ नजिकिएसँगै गाउँघरमा घर लिपपोत गर्ने चटारो बढेको छ । दसैँमा घरका भित्तामा रातोमाटो र कमेरो पोतेर सजाउने चलन केही वर्षयता हराउँदै गएको छ । बजारमा चुना तथा आधुनिक रङको प्रयोग र सिमेन्टबाट घर निर्माण गर्ने व्रmम बढेको छ ।गाउँबस्तीमा रातोमाटो र कमेरोले भित्तालिपपोत गर्ने परम्परा लामो समयदेखि प्रचलनमा छ । दसैँअघि घर सफा गरेर रातोमाटो र कमेरो पोत्नेचलनले गाउँघर र माइलो हुन्थ्यो तर आधुनिक निर्माण सामग्रीको प्रयोग र सुविधाको विस्तारसँगै परम्परागत लिपपोत गर्ने चलन ओझेलमा पर्दै गएकोछ ।
पछिल्लो समय गाउँघरमा सिमेन्ट प्रयोग गरेर घर निर्माण गर्ने व्रmम बढेसँगै रातोमाटो र कमेरोलेघर रङ्ग्याउने परम्परा बिस्तारै हराउँदै गएको भगवतीमाई गाउँपालिका–१, गन्मकी स्थानीय जैसरा बुढाले बताउनुभयो ।उहाँले घर रङ्ग्याउने चलन अहिले गाउँघरमायस्तो दृश्य बिरलै देख्न पाइने गरेको जनाउनुभयो । बजारमा चुना तथा अन्य आधुनिक रङ सहजै उपलब्ध हुन थालेपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको उहाँको भनाइ छ ।
दुल्लु नगरपालिका–१२, लम्सुका हरिप्रसाद लम्सालले पनि केही वर्षअघिसम्म पहाडी गाउँबस्तीका घरमा रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन रहे पनि अहिले त्यो चलन हराउँदै गएको बताउनुभयो । विगतमा दसैँतिहार सुरु हुनुअगावैएक घण्टा लगाएर कमेरो ल्याउने गरिन्थ्यो । गाउँमा खरले छाएका घर र ढुङ्गेघर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै गएको उहाँको भनाइ छ ।
“पहिले सबै घरमा रातोमाटो र कमेरोले लिप्ने चलन थियो तर अहिले पक्की घर निर्माण हुन थालेसँगै घरमा विभिन्न रङ लगाउने प्रचलन बढ्दै गएको छ,” उहाँले भन्नुभयो । उहाँले आफ्नो घर ढुङ्गामाटो ले बने को भएकाले अहिले पनि परम्परा अनुसार घर लिप्ने चलनलाई निरन्तरता दिँदै आएको बताउनुभयो । गाउँमा विकास र सुविधाको विस्तारसँगै आधुनिक जीवनशैलीको प्रभाव बढ्दा परम्परागत लिपपोत गर्ने चलन कमजोर बन्दै गएको उहाँको भनाइ छ । दसैँसँग जोडिएको रातोमाटो र कमेरोले घर सजाउने परम्परा केवल घरको सौन्दर्यसँग मात्र नभई गाउँघरको मौलिक संस्कृति र जीवनशैलीसँग पनि सम्बन्धित छ । जिल्लाका अधिकांश ठाउँमा आधुनिक शैलीमा सिमेन्टबाट निर्माण गरिएका घरमा रङरोगन लगाउन थालेपछि घर पोत्ने प्रचलन हराउँदै गएको हो ।








