२०८३ कात्तिक ११ , मंगलबार

करोडौँ लगानीको जलविद्युत् आयोजना अलपत्र



दैलेख। जिल्लको महाबु गाउँपालिका–६ स्थित टाकुरी, लामिडाँडा र उतिसेनीको दोभान क्षेत्रमा निर्माण गरिएको जलविद्युत् आयोजना अलपत्र परेको छ । करोडौँ रुपैयाँ लगानी भएको भनिएको टाकुरी जलविद्युत् आयोजना सञ्चालनमा आउन नसक्दा लगानी खेर जाने जोखिम बढेको छ ।
तत्कालीन जिल्ला विकास समितिको पहलमा स्थानिय कोषको लगानीमा सुरु गरिएको उक्त आयोजनाको निर्माण कार्य २०७२ सालदेखि सुरु भएको महाबु गाउँपालिका–६ का पूर्ववडाध्यक्ष डम्बर थापामगरले बताउनुभयो। स्थानीयवासीलाई विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको आयोजना पछिल्लो समय पूर्ण रूपमा बन्द भएको उहाँले बताउनुभयो । उहाँले करिब एक करोड भन्दा बढी लगानी गरी निर्माण गरिएको जलविद्युत् आयोजना केही समय सम्म सञ्चालन भएपनि पछिल्लो समय पूर्ण रूपमा बन्द भएको बताउनुभयो ।

बिचमा समितीमा बिवाद हुदाँ जलविद्युत् आयोजना संञ्चालनमा समस्या भएको महाबु गाँउपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो । उहाँले आयोजना सञ्चालनमा समस्या देखिएपछि गाउँपालिकाले मेसिन मर्मतसम्भारका लागि करिब १० लाख रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो । मर्मतसम्भारमा रकम खर्च गरिए पनि आयोजना नियमित रूपमा सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ । उहाँले करिब ३८ किलोवाट क्षमता भएको जलविद्युत आयोजनालाई समितीमा विवाद हुँदा पालिकाबाट सहयोग, गरेपनि अर्को समितीले पनि भनेजस्तो काम नर्गदा कारण आयोजना बन्द भएको उहाँले बताउनुभयो । उहाँले समितीले पहल गरेको भए अझै पालिका सक्ने सहयोग गर्ने बताउनुभयो ।

यस्तै महाबु गाउँपालिका–६ का स्थानीय बलबहादुर शाहीले करोडौँ रुपैयाँ लगानी भएको आयोजना अलपत्र पर्दा नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । राज्य र समुदायको ठूलो लगानीबाट निर्माण गरिएको आयोजना उपयोगविहीन हुँदा लगानी बालुवामा पानी हालेसरह भएको उहाँको भनाइ छ ।उहाँले उक्त आयोजना पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग माग गर्नुभयो । उहाँले निर्माणमा भएको लगानीको अवस्था, आयोजना बन्द हुनुका कारण सम्भावनाबारे छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको उपभोक्ता समिति निष्क्रिय बनेपछि यसको संरक्षण, मर्मतसम्भार र पुन सञ्चालनका लागि आवश्यक पहल हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार
प्रतिक्रिया