२०८३ कात्तिक ११ , मंगलबार

प्रहरी सहायक निरीक्षक सिंहको उपचारका क्रममा मृत्यु



यामराज बिष्ट
 दैलेख, कात्तिक ९ गते । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी सहायक निरीक्षक नरबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार इलाका प्रहरी कार्यालय नौमुलेमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत सिंह तीन दिनअघि ड्युटीमा रहेका बेला अचानक बिरामी पर्नुभएको थियो।

पिसाबसम्बन्धी समस्या देखिएपछि उहाँलाई सुरुमा स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दैलेख हुँदै थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो।

उपचारकै क्रममा आज उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख पुष्पराज रोकायाले जानकारी दिनुभयो।प्रहरी सहायक निरीक्षक सिंह इलाका प्रहरी कार्यालय नौमुलेको सञ्चार शाखामा दरबन्दी भई कार्यरत रहनुभएको थियो।

 

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार
प्रतिक्रिया