काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर(सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।यो सँगै नेपाल सुपर सिक्सको शीर्षस्थानमा पुगेको छ ।
ओमनका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा नेपालका गुल्सन झाले ३, सोमपाल कामी २ नन्दन यादवले २ तथा सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । नेपालसंग पराजित ओमन ६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।







