दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । जिल्ला सदरमुकामको अदालत पछाडिको बसपार्क क्षेत्रमा सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सरसफाईको क्रममा बसपार्क आसपासमा प्लाष्टिक, कागज, मिनरलका बोटल, गुट्खा, सुपरपावर लगायतका सुर्तीजन्य पदार्थका पकेट कागजहरु अलपत्र फ्याकिने गरिएको कारण बजार दुर्गन्दित भएकोले प्रहरी दिवसको अवसरमा सरसफाई गरिनुसंगै स्थानीय व्यापारी र घरधनीहरुलाई सरसफाई सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो । उहाँले सरसफाईले वातावरणीय सन्तुलनका साथै नागरिकमा जिम्मेवारी र अनुशासनको भावना बढाउने बताउनुभयो।
२०१२ असोज ३१ गते नेपाल प्रहरी ऐन जारी भएसंगै औपचारिक रुपमा प्रहरी संगठनको स्थापना भएको दिनको अवसर पारेर प्रहरीले हरेक वर्ष असोज मसान्तमा प्रहरी दिवस मनाउने गर्दछ ।







