२०८३ जेठ १९ , मंगलबार

निःशुल्क पशु स्वास्थ्य शिविर



 

दैलेख- भगवतीमाई गाउँपालिका –४क्मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सय३५भन्दा बढी पशुको उपचार गरिएको हो ।

शिविरमा बाख्रा, कुखरा, गाई, भैँसी र भेडालगायतका पशुको निःशुल्क उपचार गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर ऋषभ गुरागाँइले बताउनुभयो ।दूरदराजमा रहेका कृषकहरुलाई गाउँ वस्तीमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यका साथ पशुको स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरिएको उहाँले बताउनुभयो ।

निःशुल्क शिविरबाट किसानलाई आफ्नो पशुको उपचार पाउदा खुसी भएका छन् ।

कार्यक्रममा भगवतीमाई गाँउपालिका अध्यक्ष गणेशबहादुर थापा भगवतीमाई गाँउपालिका-४का वडाध्यक्ष देवलोक अधिकारी लगायत कार्यालयका प्राविधिकको उपस्थितिमा पशु शिविर सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार
प्रतिक्रिया