यामराज बिष्ट दैलेख । पछिल्लो केही वर्षयता पहाडमा पनि क्रिकेट खेलमा युवा, वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ ।पछिल्लो समय क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट पहाडमा पनि क्रेज बढ्दै गइरहेको छ । जिल्लामा अहिले वारिको पाटा,ठूला खेत, स्कुल मैदानदेखि चौरहरूमा समेत क्रिकेट प्रतियोगिता हुन थालेका छन् । जिल्लामा क्रिकेटको क्रेज बढ्दै गएपछि क्रिकेटको विकासमा युवा क्लब पनि सक्रिय हुन थालेका छन् ।
नेपालले क्रिकेटमा ठुलो सफलता हाँसिल गर्दै आएपछि जिल्लामा त्यसलाई निरन्तरता दिनका लागि असोज३० गतेदेखि४कात्तिक गर्ने सम्म ठाटिकाँध गाउँपालिका–६पाँचलामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको लेकबेसी स्पोर्ट क्लबका निर्देशक नविन शाहीले बताउनुभयो । उहाँले भनेजस्तो क्रिकेट मैदान नहुँदा बारीको पाटामा क्रिकेट प्रतियोगिता गर्नुपरेको गुनासो गर्नुभयो । जिल्लामा क्रिकेट प्रति सबैको चासो भएकाले यस क्षेत्रमा बिकाश गर्न क्लबले क्रिकेट प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय पहाडमा क्रिकेटको क्रेज बढ्दै गएपनि सम्बन्धीत निकायले ध्यान नदिदा वारिको पाटामा क्रिकेट खेल्नुजपर्ने बाध्यता रहेको गायक धिरेन्द्र शाहीले बतायनुभयो । उहाँले वारिको पाटामा क्रिकेट देख्ने तपाईहरुका नजरले वारीकै पाटामा युवाहरुको रुचि चाहाना सम्भावना र भविस्य विलिन भएको बताउनुहुन्छ । उहाँले जिल्लाबाट नेतृत्व गर्ने मन्त्री,सासद स्थानिय सरकार, देखि लिएर खेलकुद संघ, संस्था लगायत सरोकारवाला निकायले क्रिकेट खेललाई प्राथमिकता नदिएकोे गुनासो गर्नुभयो ।
यस्तै कर्णाली प्रदेश सरकारका समाजिक विकास मन्त्री घनश्याम भण्डारीले पछिल्लो समयमा पहाडमा पनि क्रिकेटको क्रेज बढ्दै गएको बताउनुभयो ।उहाँले नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट भएकोले बधाई दिर्दै क्रिकेटको बिकासको लागि आपmुले पहल सहयोग गर्ने बताउनुभयो । उहाँले कर्णाली सरकारले पालिकामा खेल मैदान निमार्ण गर्न पालिका संग पहल गरेको बताउनुभयो । कर्णाली सरकारले खेल क्षेत्रमा बिकास गर्न लगानी गरेकाले भनजस्तो खेल मैदान निर्माणका लागी जग्गाको अभाव भएको मन्त्री भडाण्डीको भनाई छ ।
प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार







