
दैलेखमा व्यवसाय शुरु तथा सुधार गर्न तालिम आयोजना गरिएको छ ।गुराँस गाँउपालिकाको आयोजना, एभेष्ट क्लब दैलेख अन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा गुराँस गाँउपालिका स्थित- २ तल्लो तल्लोडुङ्गेश्वरमा ५दिने तालिम सम्पन्न भएको हो ।
तालिममा रहेर सोंचे भन्दा बढि ज्ञान प्राप्त गर्न सफल भएको गुराँस गाँउपालिका-२ का लक्ष्मी सुनारले बताउनुभयो । उहाँले यो तालिमले हौसला प्रदान गरेको भन्दै आफुले अब तालिममा सिकेका ज्ञानहरुलाई व्यवहारमा पनि लागु गर्ने बताउनुभयो ।
यस्तै तालिममा उत्पादन योजना, खर्च योजना, योजनको कोचिङ् कसरि गर्ने, व्यवसयामा महिलाको आवश्यक किन छ, फाईदा के के छन् विविध विषयमा सिक्ने अवसर मिलेको गुराँस गाँउपालिका १ का दल बहादुर रावलले बताउनुभयो । उहाँले व्यवसायीहरुको सीप र ज्ञानको बिकासले मात्रै व्यवसायिक क्षेत्रमा सफलता दिने बताउनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक ५ गते बुधबार







