२०८३ जेठ १९ , मंगलबार

पाँच एसएसपी डिआइजीमा बढुवा सिफारिस



पाल प्रहरीका पाँच जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरिएको छ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव राजन अधिकारीले जानकारी दिए।

उनका अनुसार हाल रिक्त रहेका चार र तीन दिनपछि रिक्त हुने एक डिआइजी पदका लागि बढुवा सिफारिस गरिएको हो।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार
प्रतिक्रिया