
यामराज बिष्ट
दैलेख कात्तिक१४ गते । दैलेखको सदरमुकाम नारायण नगरपालिका–१ स्थित पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी पर्यटकीय स्थलको गन्तव्य बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको ऐतिहासिक कोतगढी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
दैलेख सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढीमा पछिल्लो समयमा फोटो खिच्न दैनिक मानिस आउने गरेको बढेको डुङ्गेश्वर गाउँपालिका– १का सिर्जना भण्डारीले बताउनुभयो । उहाँले पछिल्लो समय कोतगढीमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएकोे बताउनुभयो । उहाँले कोतगढीमा रहेको २३२ वर्ष पुरानो सुन्दरी तोप हेर्न आउनेको संख्या बढे संगै पछिल्लो समयमा कोेतगढी चर्चा बढेको बताउनुभयो ।
ढुंगैढुंगाले निर्माण गरिएको कोतगढी भित्र रहेको पुरानो कोत घरलाई जस्ताको तस्तै पुन निर्माण गरि त्यसैमा संग्रहालय बनाउने र आन्तरिक ब्यबस्थापनमा जोड दिए अझै कोतगढी हेर्न आउनेकको संख्या बढ्ने नारायण नगरपालिका– १का पूर्ववडाध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले प्रचारप्रचार गर्ने सके आन्तरिक तथा वाहृय पर्यटक कोतगढी हेर्न आउने बताउनुभयो । स्थानिय सरकारले त्यसलाई बिहान१०बजे देखि४बजे हैन बिहान देखि साझ सम्म खुल्ला गरिनु पर्र्नेेे बताउनुभयो । उहाँले गढीको संरक्षण गरेर टिकट सिस्टमको व्यबस्था गरे अझै व्यबस्थित हुने बताउनुभयो ।

कोतगढीमा राखिएको तोप संरक्षणका लागी स्थानिय सरकार लागी परेको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले तत्कालीन समयमा सशस्त्र द्वन्द्व बेला नेपाली सेनाले आफ्नो सुरक्षाका लागि यही कोतगढी प्रयोग गरेको बताउनुभयो ।उहाँले पछिल्लो समयमा पारिवारिक भ्रमण, विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मनाउन स्वदेश फर्किएका कोटगढी हेर्न आउने गरेको बताउनुभयो । उहाँले कोतगढीमा आन्तरिक तथा वाह्य पर्यटकले कोतगढी हेर्न आउनलाई नगरपालिकाले बिभिन्न संञ्चार माध्यमबाट प्रचारप्रसार गरेको नगरप्रमुख शर्माको भनाई छ ।
कोतगढीमा तत्कालि अबस्थामा दैलेखमा रहेको ज्वाला दल गणले दैलेखबाट सुर्खेत सरेर जाँदा तोप पनि स्थानन्तरण गरिएको थियो । कोतगढीमा रहेको तोप २०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा जाँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसँगै सुर्खेत लगेको थियो । सुन्दरी तोप २३२ वर्ष पुरानो मानिन्छ । यो ऐतिहासिक तोप सुर्खेतस्थित नेपाली सेनाको पश्चिम पृतनाबाट दैलेखको कालीदत्त गुल्म काँडाचौरमा फिर्ता ल्याइएको थियो । गुल्मले कोतगढीको जिम्मा दैलेखको नगरपालिकालाई जिम्मा लगाएको थियो । सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।







