
दैलेख कात्तिक १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दैलेखका राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् । शुव्रmबार बसेको बैैठकले निर्वाचन आयोगले खुलाएको नयाँ मतदाता नाम दर्ताको काममा राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका हुन् । सबै राजनीतिक दलले सहजीकरण गरेर नयाँ मतदाता नाम दर्तामा वृद्धि गराउन सहयोग गर्न दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आग्रह गर्नुभयो । उहाँले उमेर पुगेका नयाँ मतदाता थप्ने र निर्वाचनको वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नयाँ मतदाता सङ्कलन गर्नका लागि सबैले सहयोग गनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले बताउनुभयो । उहाँले जिल्लामा राजनीतिक समझदारी राम्रो रहेकाले निर्वाचन मर्यादित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै नयाँ मतदाता नामावली बढाउन सबैको महत्र्वपूर्ण भूमिका रहेको नेपाली कांग्रेसका कर्णाली प्रदेश सदस्य निर्मला खड्काले बताउनुभयो । उहाँले सङ्व्रmमणकालीन राजनीतिक अवस्थामा निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकारी निकायको महत्र्वपूर्ण भूमिका रहने जनाउनुभयो ।
जिल्लामा नाम दर्तामा खुला भएको ३३ दिनको अवधिमा १७० जनामा मात्र थप भएको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख नरबहादुर सलामीले बताउनुभयो । उहाँले मतदाता नामावली सङ्कलन सोचे जस्तो नभएको उल्लेख गर्नुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का कर्णाली केन्द्रीय सदस्य टेकबहादुर खाण, नेकपा (समाजवादी)का जिल्ला अध्यक्ष मायाराम अधिकारी, राप्रपाका जिल्ला उपाध्यक्ष रणबहादुर सिंह, नेमकिपाका जिल्ला सदस्य रत्नबहादुर श्रेष्ठल गायतले नयाँ मतदाता सङ्कलनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।







