२०८३ जेठ १९ , मंगलबार

अपाङ्गता भएकालाई सहयोग सामग्री



 

यामराज बिष्ट
पञ्चकोशी दैलेख कात्तिक १८ गते । दैलेखमा एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि घरमै पुगेर ह्विलचियर वितरण गरिएको हो ।
अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी दुल्लु नगरपालिका –५का मिलन पोखरेलाई ह्विलचियर सहयोग गरेको एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाका जिल्ला संयोजक भुपेन्द्र खत्रीले बताउनुभयो । उहाँले कूल ३८ हजार बराबरको बजेटमा ह्विलचियर सहयोग गरिएको जानकारी दिनुभएको छ । उहाँले विद्यालय जान नसक्ने भएकाले शिक्षामा पहुँच राख्नका लागि परियोजनाले ह्विलचियर सहयोग गरेको गरेको बताउनुभयो । उहाँले घरमै इन्टरनेटको जडान गरि अनलाईन मार्फत पढ्ने व्यवस्था मिलाएको बताउनुभयो ।
अपाङ्गता भएका ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको कक्षा १०मा अध्ययनरत मिलन पोखरेलले बताउनुभयो । उहाँले दुबै खुट्टामा हिड्डुलमा समस्या भएपछि घरबसेर अनलाईन मार्फत पढनुपढ्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले अबदेखि ह्वील चियर पाएपछि विद्यालय जान सहज हुने बताउनुभयो । पोखरेलले भन्नुभयो“आफू दुई बर्ष देखि नै दुई वटा नै खुटा नचल्ने अवस्थामा पुगेर मेरो यस्तो अवस्था भयो” आर्थिेक अभावका कारण राम्रो अस्पतालमा गएर उपचार गर्न नसकेकोले सबैलाई सहयोगको अपिल गर्नुभयो ।
यस्तै समाजमा असक्तभएकाहरुलाई स्थानीय सरकार संगै सामाजिक क्षेत्रका संघसंस्थाहरुले सहयोग गर्नुपर्ने दुल्लु नगरपालिकाका मेयर भरत प्रसाद रिजालले बताउनु भयो। उहाँले नगरपालिकाले उपचारका लागी सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभयो । यस प्रकारका राहत वितरणले विशेष गरी आर्थिक समस्यामा रहेका र अन्य सामाजिक चुनौतीहरुको सामना गरिरहेका व्यक्तिहरुलाई सघाउन महत्वुपर्ण भूमिका रहने नगरप्रमुख रिजालले उख्लेख गर्नभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार
प्रतिक्रिया