२०८३ साउन १२ , मंगलबार

पञ्चेबाजा वाध्यवादन सीप विकास तालिममार्फत मौलिक संस्कृति संरक्षण



यामराज बिष्ट
दैलेख। दैलेखको नारायण नगरपालिकामा मौलिक नेपाली संस्कृति संरक्षर्णे उद्देश्यले ७ दिने पञ्चेबाजा वादन सीप विकास तालिम सुरु गरिएको छ।नारायण नगरपालिकाको समन्वय तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा नारायण नगरपालिका–६ स्थित मष्टाथान पञ्चेबाजा समूहका सदस्यहरूका लागि तालिम सञ्चालन गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख शंकर थापाले परम्परागत कला र संस्कृतिको संरक्षणसँगै स्थानीय समुदायको सीप विकासका लागि१३जना मध्ये९जना महिला ५जना पुरुषलाई तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले मुख्य मन्त्री दलित आर्यजान सिप कार्यक्रम अन्र्तरगत १लाख ३५हजार६सय लगानीमा तालीम सञ्चालन गरिएको बताउनुभयो ।

वडामा रहेका पञ्चेबाजा समूहको क्षमता अभिवृद्धि गर्दै मौलिक संस्कृतिलाई जीवित राख्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक प्रसाद न्यौपानेले जानकारी दिनुभयो। उहाँले मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि संस्कृति संरक्षण गर्न वडा सरकारले पञ्चेबाजा वाध्यवादन सीप विकास तालिम सञ्चालन गरिएको बताउनुभयो ।उहाँले तालिमबाट सिकेका सीपलाई सहभागीहरूले सामाजिक तथा सांस्कृतिक कार्यक्रममा प्रभावकारी रूपमा प्रयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। उहाँलोप हुँदै गएको मौलिक संस्कृति र पञ्चेबाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेकाले आफ्नो परम्परा र संस्कृतिका बारेमा जानकारी दिन र संरक्षण गर्न यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

 

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले पञ्चेबाजा नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण पहिचान भएकाले यसको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले मौलिक कला, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने यस्ता सीपमूलक तालिमले स्थानीय कलाकारलाई दक्ष बनाउनुका साथै मौलिक संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
यस्तै नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण नगरपालिकाले यस्ता तालिमलाई निरन्तर सहयोग गरिने बताउनुभयो। उहाँले सीप विकाससँगै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न पनि तालिम प्रभावकारी हुने बताउनुभयो। “स्थानिय सरकारले संस्कार र संस्कृति जोगाएर लोप हुन दिँदैनौ,” उहाँले भन्नुभयो, “हाम्रो मौलिक सम्पत्तिलाई बचाएर राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्व हामी भएको छ ।”
सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी पञ्चेबाजाको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
सात दिनसम्म सञ्चालन हुने तालिममा मष्टाथान पञ्चेबाजा समूहका सदस्यहरूको सहभागिता रहेको छ। तालिममा पञ्चेबाजा वादनका सैद्धान्तिक तथा व्यावहारिक पक्ष, ताल–लय, बाजा सञ्चालन तथा प्रस्तुतीकरण सम्बन्धी सीप विकास गराइने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार
प्रतिक्रिया