२०८३ जेठ १९ , मंगलबार

तीन लाखको अक्षय कोष स्थापना



 

यामराज बिष्ट दैलेख । दैलेखमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले आफ्ना बुबा स्वर्गवास भएको १२औं दिनको पुण्यतिथिको अवसर पारेर एक परिवारले अक्षय कोषको घोषणा गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन दैलेखका अध्यक्ष समेत रहेका महेन्द्र न्यौपानेका परिवारले नारायण नगरपालिका –६ स्थित रहेको रेडक्रस माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि ३लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
अक्षय कोषबाट हुन आउने व्याजले हरेक शिक्षा क्षेत्रमा लगानी वृद्धिगरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकालाई शिक्षा क्षेत्र ठुलो सहयोग हुने छोरा महेन्द्र न्यौपानेले बताउनुभयो । कोषको घोषणा गर्दै छोरा महेन्द्रले भन्नुभयो ‘‘हामी विद्यालयको शैक्षिक र सामुदायिक गतिविधिहरूलाई अझ सुदृढ र दीर्घकालीन बनाउनको लागि अक्षय कोषको स्थापना गरेको यो कोष विद्यालयका विद्यार्थीहरूको शैक्षिक सामग्री, सहयोग हुनेछ ।’’
यस्तै नारायण नगरपालिका –६का वडाध्यक्ष जनक न्यौपानेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताउनुभयो । उहाँले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गनुभयो । उहाँले कोषमार्फत प्राप्त हुने ब्याजले गरिब जेहेनदार विद्यार्थीलाई सहयोग हुने बताउनुभयो ।

अक्षय कोषको रकमको ब्याजबाट विद्यालयमा गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई ठुलो सहयोग हुने नारायण नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत बमबहादुर केसिले बताउनुभयो । उहाँ यस्ता खाले कार्य अरुले पनि गर्नुपर्ने बताउनुभयो ।
अक्षयकोष स्थापनाले विद्यालयका विद्यार्थी ठुलो सहयोग हुने नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले नगरपालिका भित्र अक्षयकोष स्थापना गर्नु उदाहरणीय कार्य रहेको बताउनुभयो । उहाँले अक्षय कोष स्थापनाले विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर वृद्धिका लागि समेत सहयोग हुने बताउनुभयो । स्वार्गिय नयाँराम न्यौपानेको नाममा स्थापना गरेको अक्षयकोषले बिपन्न्न बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप सहयोग पुग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार
प्रतिक्रिया