२०८३ जेठ १९ , मंगलबार

दैलेखमा जिप दुर्घटना,१२जना घाइते



दैलेख। जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कालिकोटको थीर्पुघाट चौरबाट सुर्खेत जाँदैगरेको भे १ ज १०५६ नम्बरको बुलेरो जिप (बन्दबडी) दैलेखको आठबिस नगरपालिका –८ सेरावाडमा दुर्घटना हुँदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय राकमकर्णाली दैलेखले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय राकमकर्णालीले दिएको जानकारीअनुसार जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र जिपमा सवार सवारी चालकसहित १६ जनामा १२ जना घाइते भएको चार जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार
प्रतिक्रिया