२०८३ भदौ २६ , शुक्रबार

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त



 

काठमाडौँ। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि उहाँ रिहा हुनुभएको छ। सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेले पत्रकार श्रेष्ठलाई जमानतमा थुनामुक्त गर्न आदेश जारी गरेको जानकारी दिनुभयो ।

जनआस्थाका प्रकाशक सम्पादक समेत रहनुभएका श्रेष्ठ साउन २७ गते पक्राउ पर्नुभएको थियो। उहाँको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध संघ संस्थाले दवावको कार्यक्रम गर्दैआएका थिए ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार
प्रतिक्रिया