सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा बेसहारा गरिव नागरिकको घर तथा सार्वजनिक काठेपुल निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नागरिकहरुसँग सहकार्य गर्दै हालसम्म गरिब र बेसहारा परिवारका लागि चार वटा घर, विभिन्न नदी तथा खोलामा सातवटा काठे पुल निर्माण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले हाल शारदा नगरपालिकामा सामुदायिक विद्यालयको जिर्ण भवन भत्काएर नयाँ निर्माण भइरहेको जानकारी गराउँदै अर्को एक विद्यालय भवनको निर्माण कार्य तत्काल सुरु गरिने बताउनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार







