२०८३ भदौ २६ , शुक्रबार

जिप दुर्घटना हुँदा एकको मृत्यु



जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ ६ः३० बजे डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। बोहरालाई नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ ९सुर्खेत० रिफर गरिएको थियो। तर अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्। उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार
प्रतिक्रिया