२०८३ भदौ २६ , शुक्रबार

पहिरोको जोखिम बढेपछि त्रासमा स्थानीय



दैलेख।जिल्लाको ठाटीकाँध गाउँपालिका–५ स्थित रहेको थापा टोलमा पहिरो गएपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्। अविरल वर्षासँगै साउन ३१ गते बिहान गएको पहिरोका कारण टोलका केही घर उच्च जोखिममा परेका छन्।
पहिरोले घर, जग्गा तथा लगाएको घाँस क्षति बनाएको स्थानीय सेरबहादुर भण्डारीले बताउनुभयो । उहाँले थापा टोलका पाँच घर पहिरो कारण जोखिममा हुने खतरा बढेको बताउनुभयो । उहाँले पहिरोको जोखिमका कारण राति घरमा बस्न नसक्ने भएपछि आफू आफन्तको घरमा बस्न थालेको बताउनुभयो । उहाँले घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि जोखिम भएको बताउनुभयो ।

 

पहिरोका कारण घरमा क्षति पुगेको विषयमा गाउँपालिकालाई जानकारी गराइएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले बताउनुभयो। उहाँका अनुसार पहिरोबाट प्रभावित घर तथा परिवारको अवस्थाबारे जानकारी लिएर आवश्यक सहयोग गरिनेछ।अध्यक्ष शाहले पहिरो प्रभावित परिवारलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी सहयोग भइरहेको बताउनुभयो। उहाँले जोखिममा रहेका परिवारलाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्नसमेत आग्रह गर्नुभएको छ।
यस्तै पहिरोका कारण ठाटिकाँध गाँउपालिका ५रहेको कठायत टोलमा खानेपानी आपूर्ति हुँदै आएको पाइपलाइन तथा सिँचाइको नहरसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। खानेपानी र सिँचाइ सेवा अवरुद्ध भएपछि स्थानीयवासी थप समस्यामा परेका छन्। उनीहरूले अवरुद्ध खानेपानीको पाइपलाइन र सिँचाइ नहर तत्काल मर्मत गरी सेवा सञ्चालन गर्नसमेत सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

 

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार
प्रतिक्रिया