
यामराज बिष्ट
दैलेख, भदौ ९ गते।दैलेख बजारदेखि बेस्तडातर्फ जाँदै गरेको अटो नारायण नगरपालिका–११ स्थित नाउली खोलामा बचाउन खोज्दा एक जना बेपत्ता भएका छन्।
सोमबार राती करिब ९ः३० बजे तिर भएको घटनामा भगवतीमाई गाउँपालिका–५ का अन्दाजी २८ वर्षीय टंक मगरलाई खोलाले बगाएपछि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले बेपत्ता मगरको खोजी सुरु गरेका छन्। उहाँले अटो खोलाले बगाउन लागेपछि त्यसलाई बचाउन हाईस रोकेर अटोमा बचाउन खोज्ने क्रममा मगर खोलामा खसेर बेपत्ता भएको प्रारम्भिक जानकारी आएको बताउनुभयो।
अटोसहित खोलाले बगाएपछि मगर सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक हरिजनले बताउनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








