२०८३ भदौ १२ , शुक्रबार

दुर्घटना न्यूनीकरण गर्न लापसे परीक्षण



 

दैलेख ।दैलेखको गुराँस गाउँपालिका–२ स्थित स्याउली बजारमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरिएको छ।जिल्ला प्रहरी कार्यालय दैलेख, जिल्ला ट्राफिक प्रहरी कार्यालय सहभागितामा कर्णाली राजमार्गअन्तर्गत सवारी चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाएरनचलाएको सम्बन्धमा चेकजाँच गरिएको हो।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रभावकारी बनाउन चालक लक्षित चेकजाँचलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्दै आएको प्रहरीले लागू पदार्थ सेवनका कारण पनि दुर्घटना बढेको हुनसक्ने अनुमानका आधारमा लापसे परीक्षण अभियान सञ्चालनमा ल्याएको हो।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
प्रतिक्रिया