दैलेख। दैलेखमा अटोरिक्सा र साथीलाई तार्न खोज्दा बाढीले बगाउँदा एक जना युवक बेपत्ता भएका छन् । दैलेखको नारायण नगरपालिका–११ स्थित मध्यपहाडी सडकअन्तर्गत नाउली खोलामा अटो बगाउँदा एक युवक चार दिनदेखि बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्याल दैलेखका अनुसार सोमबार राति करिब ९ः४० बजे दैलेख बजारबाट भगवतीमाई गाउँपालिका–५ बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश०२–००१ ह १७४८ नम्बरको अटो नाउली खोलामा अटोरिक्सालाई तर्ने क्रममा बगेको थियो। अटोरिक्सा र चालकलाई खोला तार्न सहयोग गर्ने क्रममा भगवतीमाई गाउँपालिका–५ कट्टीका करिब २८ वर्षीय टंकबहादुर मगरलाई खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले बताउनुभयो।उहाँले तीन देखि यता बेपत्ता हुनुभएको मगरको बेस्तडा,लोहेरो ,चुप्पा,माथिल्लो डुवेश्वर लगायतका ठाँउमा खोजी कार्य जारी भएपनि हालसम्म फेला पार्न नसकिएको बताउनुभयो ।उहाँले पानीको बहाब अत्यधिक तीव्र हुनु, पानी धमिलो हुनु र गहिराइका कारण खोजी कार्यमा ठुलो कठिनाइ भइरहेको बताउनुभयो । उहाँले अटोरिक्सा चालक भगवतीमाई गाँउपालिका–५ करिब२०बर्षिय कमल नेपालीलाई अनुसन्धानका लागी जिल्लामा बोलाएर घटनाबारे थप अनुसन्धानसमेत भइरहेको बताउनुभयो ।
मगर कर्णाली प्रदेश ०२–००१ च ०९०७ नम्बरको पिकअप डबल क्यापका चालकसमेत हुनुहुन्छ। अटो सडकदेखि करिब १०मिटर तल खोलामा फेला परेको भए पनि मगर भने अझै फेला पर्नुभएको छैन।बेपत्ता मगरको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनुभएका मगरको श्रमती दुई छोरी एक छन् ।
अहिले पनि मगरको खोजी कार्य जारी छ। घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा आफन्तसहितको टोलीले खोलालगायत आसपासका क्षेत्रमा खोजी गरिरहेको छ ।
प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार








