
दैलेख ।भोटेकोशी नदीमा आएको बाढीपछि गोसाइँकुण्ड गाउँपालिका–२, रसुवामा कार्यरत वडा सचिव प्रकाश आचार्य सम्पर्कविहीन हुनुभएको छ। डुवेश्वर गाउँपालिका–५ घर भई हाल गोसाइँकुण्ड गाउँपालिका–२ मा कार्यरत आचार्य बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआउनुभएको जनाइएको छ।
त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका, रसुवामा कार्यरत भगवतीमाई गाउँपालिका–१, गन्म निवासी नरबहादुर थापा पनि हालसम्म सम्पर्कमा आउनुभएको छैन।
सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित निकाय, स्थानीयवासी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई आचार्य काका तुलाराम शर्माले आग्रह गर्नुभयो।
उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा आफन्तहरूले भने आफ्ना परिवारका सदस्यको अवस्था तत्काल सार्वजनिक गर्न र खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन उहाँले माग गर्नु भयो।
प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार








