२०८३ भदौ १२ , शुक्रबार

रसुवाको बाढीपछि दैलेखका ७ जना सम्पर्कविहीन



दैलेख । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दैलेखका सात जना सम्पर्क विहीन भएका छन्। बुधबार बिहान आएको बाढीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो ।
सम्पर्कविहीन हुनेमा भगवतीमाई गाउँपालिका–१ का नरबहादुर थापा, डुङ्गेश्वर गाउँपालिका–५का प्रकाश आचार्य, डुङ्गेश्वर गाउँपालिका–३ का पवित्रा कुमारी बुढा, डुङ्गेश्वर गाउँपालिका–३ का ताराकुमार बुढा महाबु गाँउपालिका –५ घर भएका राजेन्द्र शाही मेदासी र दुल्लु नगरपालिका–५ का मोहननाथ योगी र डुङ्गेश्वर गाउँपालिका–४मिलन रावत रहेका दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो । उहाँले सम्पर्कविहीनमध्ये रसुवामा सरकारी तथा सुरक्षा निकायमा कार्यरत छन् भने केही रोजगारीका सिलसिलामा रसुवा पुगेका बताउनुभयो ।
यसैबीच रसुवा हाइड्रोपावरमा कार्यरत २३ वर्षीय रावत सकुसल भएको कम्पनी जनाएपनि हालसम्म परिवारको सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार
प्रतिक्रिया