२०८३ जेठ १९ , मंगलबार

हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपाल यूएईसँग ४३ रनले पराजित



ङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।

त्यसअघि यूएईले पाँच विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार
प्रतिक्रिया