२०८३ भदौ २६ , शुक्रबार

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको जानकारी दिनुभयो ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार
प्रतिक्रिया