दैलेख । ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको दैलेखको कोतगढीमा संयुक्त सरसफाइ कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय तथा नेपाली सेना काँडाचौर ब्यारेक र सशस्त्र प्रहरी बल, नेपाल हेडक्वार्टर दैलेखको सहकार्यमा नारायण नगरपालिका–१, पुरानो बजारस्थित कोतगढीमा सरसफाइ गरिएको हो।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो। ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ तथा यसको महत्वबारे स्थानीयस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
कोतगढी दैलेखको ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र नियमित सरसफाइमा स्थानीय समुदायको समेत सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार








