२०८३ भदौ २६ , शुक्रबार

बाढीपीडितका लागि लायन्स क्लब दैलेखको ५२ हजार सहयोग



 

दैलेख । लायन्स क्लब दैलेखले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि ५२ हजार ३ सय ४६ रुपैयाँ सहयोग गरेको छ।क्लबले संकलन गरेको उक्त रकम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो।

विपद् तथा मानवीय सेवामा सहयोग गर्ने उद्देश्यले सन् २०१४ मा स्थापना भएको लायन्स क्लब दैलेखले विभिन्न विपद्का घटनामा सहयोग गर्दै आएको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनका डिस्ट्रिक्ट एक्जुकेटिभ को–चिफ लायन खमबहादुर थापाले बताउनुभयो।

यस्तै लायन वर्ष २०२६र०२७ का क्लब अध्यक्ष अभिषेक अनुरागले लायन्स क्लब दैलेख विपद्का बेला तथा सामाजिक सेवाका काममा निरन्तर सक्रिय रहने बताउनुभयो।

लायन थापाका अनुसार हालसम्म लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनबाट २१ लाख ४० हजार ४ सय ८३ रुपैयाँ र मल्टिपल डिस्ट्रिक्टबाट १ करोड रुपैयाँ  सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको छ ।

सहयोग गर्नेहरूको विवरण
प्रथम उपाध्यक्ष पीएमजेएफ रामबहादुर थापा रु२५,०००
सचिव कृष्णप्रसाद श्रेष्ठ रु ४,१००
डिस्ट्रिक्ट चिफ तीर्थराज जिसी रु २,५२५
निर्देशक नरेन्द्र थापा रु २,५००
निर्देशक लछुमन श्रेष्ठ राजु रु २,५००
डिस्ट्रिक्ट एक्जुकेटिभ को–चिफ खमबहादुर थापा — रु। २,५००
चार्टर्ड प्रेसिडेन्ट विष्णुप्रसाद शर्मा रु २,१००
डिपार्टमेन्ट चिफ पुण्यप्रसाद शर्मा रु २,०००
द्वितीय उपाध्यक्ष डम्बरप्रसाद ढकाल रु २,०००
निर्देशक पूर्णप्रसाद कोइराला रु। २,०००
कोषाध्यक्ष रमा श्रेष्ठ — रु। १,००५
डिस्ट्रिक्ट चिफ मिनबहादुर थापा रु १,००५
सदस्य विष्णुकुमारी जैसी रु १,१११
अध्यक्ष अभिषेक अनुराग —रु १,०००
डिस्ट्रिक्ट चिफ भीमबहादुर विष्ट रु १,०००

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार
प्रतिक्रिया