२०८३ भदौ २६ , शुक्रबार

सिमकोट–हिल्सा सडक अवरुद्ध



 

हुम्ला । पहिरो खसेपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको च्याछरामा यातायात सेवा अवरुद्ध भएको छ । चट्टानी भीरबाट ठूला ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

आइतबार सिमकोटबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङतर्फ जाँदै गरेका यात्रु सुरेश परियारका अनुसार च्याछरा क्षेत्रमा चार स्थानमा पहिरो खसेको छ । यात्रुहरूले सडकमा खसेका केही ढुङ्गा पन्छाए पनि ठूलो पहिरो पन्छाउन नसक्दा आवतजावतमा कठिनाइ भएको उहाँले बताउनुभयो ।

पहिरोका कारण हिल्सा हुँदै मानसरोवर–कैलाश दर्शनका लागि हिँडेका दुई दर्जनभन्दा बढी पर्यटकसमेत बाटोमै अलपत्र परेका छन् ।

सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको सिमकोट–हिल्सा सडक योजनाका प्रमुख वेलबहादुर नेपालीले बताउनुभयो । द

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार
प्रतिक्रिया