२०८३ भदौ २६ , शुक्रबार

बाढीपीडितलाई फूलबारी विद्या मन्दिरको १ लाख ४५ हजार सहयोग



 

दैलेख ।बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि निजी विद्यालयको छाता संगठन प्याब्सनमार्फत फूलबारी विद्या मन्दिरले १ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका संस्थापक शुभास कुमार थापाले विपद्को समयमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले देशलाई संकट पर्दा निजी क्षेत्रको योगदान महत्वपूर्ण भए पनि राज्यले निजी क्षेत्रलाई सधैँ विभेदपूर्ण दृष्टिले हेर्ने गरेको गुनासो गर्नुभयो।
थापाले भन्नुभयो, “देशलाई आपत् पर्दा निजी क्षेत्रको योगदान छैन भन्ने होइन। निजी क्षेत्रले पनि आफ्नो क्षमता र हैसियतअनुसार राज्य र नागरिकका लागि योगदान गर्दै आएको छ। तर राज्यले निजी क्षेत्रलाई जहिले पनि विभेदपूर्ण ढंगले हेर्ने गरेको महसुस हुन्छ।”

प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार
प्रतिक्रिया