२०८३ भदौ २६ , शुक्रबार

ग्रामीण विकास सेवा केन्द्रद्वारा ५१ हजार सहयोग



 


दैलेख । बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ग्रामीण विकास सेवा केन्द्र दैलेखले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपत्तिका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।

ग्रामीण विकास सेवा केन्द्रले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराएको जनाएको छ। संस्थाले विपद्को समयमा सरकारी तथा गैरसरकारी क्षेत्रसँगै नागरिक समाज र विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।
सहयोग रकम सम्बन्धित राहत कोषमार्फत बाढीपहिरो प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग गरिने बताइएको छ।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार
प्रतिक्रिया