२०८२ मंसिर ४ , बिहीबार

पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज



यामराज बिष्ट दैलेख  । दैलेख सदरमुकाम समेत रहेको नाराणय नगरपालिका –२ र महाबु गाँउपालिका–२ स्थीत ताराघाट खोलामा मोटरेबल पुल निर्माणले स्थानीयलाई यात्रा गर्न सहज भएको छ । नारायण गरपालिका देखि महाबु गाँउपालिका पुग्ने मुख्य सडक बाटो भएकाले स्थानियलाई पुल निर्माणले यात्रा गर्न सहज भएको हो ।
कर्णाली प्रदेश सरकारको लगानीमा अन्र्तगत पूर्वाधार विकास कार्यालयमार्फत ताराघाट खोलामा मोटरेबल पक्की पुल निर्माण गरिएको महाबु गाँउपालिका –२का वडाध्यक्ष प्रकाशराज थापाले बताउनुभयो । उहाँले लामो समयम देखि पुल नहुँदा स्थानीयलाई बर्खाको समयमा पानी परेपछि निकै समस्या थियो, अहिले पुल निर्माण भएपछि अबदेखि सहज हुने बताउनुभयो । यहाँका बासिन्दाले बर्खायाममा किनमेलका लागि बजार, बिरामी हुँदा स्वास्थ्य संस्थासम्म जान समस्या भोग्दै आएकोमा अब देखि स्थानिय बासिन्दालाई आबतजाबतमा राहत पुगेको वडाध्यक्ष थापाको भनाई छ ।

ताराघाट खोलामा पुल निर्माण पछि दैलेख सदरमुकाम लगायका अन्य ठाँउमा जनतालाई आवतजावतमा सहज हुने स्थानिय अम्बर बहादुर थापाले बताउनुभयो  । उहाँले समयमै पुल निर्माण भएपछि यस वर्षदेखि बर्खा समयमा पनि गाउँबस्तीसम्म यातायातका साधन सञ्चालन सहज हुने बताउनुभयो । पुल निर्माणपछि महाबु गाँउपालिकाका स्थानीयले दैलेख सदरमुकामबाट अन्य ठाँउमा सामान ढुवानी र मानिस आवतजावतमा सहज हुने उहाँको भनाई छ ।

मोटरबेल पुल निर्माणको लागि २०८१ साल बैशाख १७गते ३करोड८०लाख ८४हजार ९सय २४रुपैयाँमा ठेक्का सम्झौता २बर्ष भित्र बर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनी आरबी कन्स्ट्रक्सन संंग सम्झौता भएको पूर्वाधार विकास कार्यालल दैलेखका सब–इञ्जिनियर रामबहादुर बिकले बताउनुभयो । उहाँले आगामी२बर्ष भित्र उक्त पुल निर्माण पूरा गर्ने लक्ष्य भएपनि निर्माण कम्पनीले दक्ष कामदारहरु व्यवस्थापन गरी निरन्तर रुपमा निर्माण कार्य अघि बढाइएकाले समयअगावै अर्थात् ८ महिना अगाडी नै पुल निर्माण सम्पन्न भएको बताउनुभयोे । उहाँले ३०मिटर लामो उक्त पुल खोलाबाट ७ मिटर उचाइमा निर्माण भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार
प्रतिक्रिया