
दैलेख । जिल्लाका दुर्गम क्षेत्रमा अझै पनि सडक देखि आकस्मिक उद्धारको भरपर्दो व्यवस्था नहुँदा गर्भवती तथा सुत्केरी महिला ज्यान जोखिममा पर्ने गरेका छन्।दुर्गम तथा सडक मर्मत नहुँदा जटिलता देखिएपछि सुविधासम्पन्न अस्पताल पु¥याउन ढिलाइ हुँदा कतिपयले ज्यान गुमाउने गरेका छन्।
केही समयअघि ठाटीकाँध गाउँपालिका–१ सिराडीकी२३ वर्षीया पार्वती शाहीको अत्यधिक रक्तश्रावका कारण ज्यान गुमाउनुप¥यो । प्रसूतिका लागि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना भएकी शाहीले दिउँसो ३ बजे छोरी जन्माउनुभएको थियो। सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि सुर्खेत लैजान ढिलाइ हुँदा उहाँको मृत्यु भएको आफन्तले बताएका छन्।
गाउँपालिकाको एम्बुलेन्स बिग्रिएर थन्किएको अवस्थामा निजी सवारी साधनको व्यवस्था गरी साँझ ६ बजे पार्वतीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ लगिएको थियो। अस्पतालमा राति १२ बजे उहाँलाई मृत घोषणा गरिएको आफन्तले बताएका छन्।
पार्वतीको घटना पुरानो भए पनि दुर्गम क्षेत्रमा गर्भवती महिलाले भोग्दै आएको समस्या अझै उस्तै छ। सडकको सहज पहुँच नहुँदा नियमित स्वास्थ्य जाँचदेखि आकस्मिक उपचारसम्म समस्या हुने गरेको स्थानीय बताउँछन्।
ठाटीकाँध गाउँपालिका–१नुवावनकी भगवती रेग्मीले गाउँबाट स्वास्थ्य संस्था पुग्न सडककै समस्या रहेको बताउनुभयो।े स्वास्थ्य संस्था पुग्न हिडेर १ः३०मिनेट भन्दा बढी लाग्ने गरेको बताउनुभयो ।“नियमित जाँचका लागि चिकित्सकको सल्लाहअनुसारको औषधि सेवन तथा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्वास्थ्य संस्था जानुपर्छ तर सडक र यातायातको सुविधा सहज छैन उहाँले भन्नुभयो।”
आठबिस नगरपालिका–५ की २३बर्षिया बालिसरा विकले पनि गाउँबाट ठुलो समास्या भएपछि उपचारका लागी अस्पताल सम्म पुग्न समस्या भएको हुनेगरेको बताउनुभयो। सडकको अवस्था कमजोर हुँदा बिरामी तथा गर्भवती महिलालाई स्टेचरमा बोकेर लैजानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।उहाँले स्वास्थ्य संस्था भए पनि जटिल प्रसूति व्यवस्थापनका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र आकस्मिक उद्धारको पर्याप्त व्यवस्था नभएको गुनासो गर्नुभयो । उहाँले अत्यधिक रक्तश्रावलगायत जटिलता देखिए तत्काल सुविधासम्पन्न अस्पताल पु¥याउनुपर्ने भए पनि सडक र यातायातको समस्याले उपचारमा ढिलाइ हुने गरेको गुनासो गर्नुभयो ।
गर्भावस्था र सुत्केरी गराउने बेला सडक सञ्जाल र यातायातको राम्रो सुविधा नहुँदा बिरामीलाई समयमै अस्पताल पु¥याउन निकै धेरै महिलाको ज्यान जोखिम हुने गरेको स्थानियको भनाई छ। स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरण, चौबीसै घण्टा एम्बुलेन्स तथा आकस्मिक उद्धारको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। दुर्गम क्षेत्रमा प्रसूति सेवाको पहुँच मात्र विस्तार गरेर नपुग्ने र जटिल अवस्थामा तत्काल उद्धार तथा उपचारको व्यवस्था हुनुपर्ने उनीहरूको भनाइ छ। आर्थिक बर्ष २०८२÷०८३ मात्रै दैलेख जिल्लामा २ जना सुत्केरी तथा गर्भवती महिलाहरुले ज्यान गुमाएका छन् ।








