२०८३ कात्तिक ११ , मंगलबार

नेपाल प्रहरीमा असईसहित ३३४ पदमा भर्ना खुला



 

काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक ९असई० सहित कार्यालय सहयोगीका विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार जनपद प्रहरी समूहतर्फ असई पदमा २११ जनाका लागि दरखास्त आह्वान गरिएको हो। त्यसमध्ये खुलातर्फ ११४ पद रहेको छ भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको छ।

असई पदका लागि असोज १२ गतेदेखि कात्तिक ७ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। उम्मेदवारको उमेर हद २५ वर्ष तोकिएको प्रहरीले जनाएको छ।

इच्छुक उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

यसैगरी प्रहरीले कार्यालय सहयोगीअन्तर्गत विभिन्न पदमा १२३ जनाका लागि पनि भर्ना खुलाएको छ। भान्सेमा ८३, हजाममा १५ र कुचीकारमा २५ पदका लागि दरखास्त आह्वान गरिएको छ।

प्रहरीले तोकिएको योग्यता र मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारलाई निर्धारित समयभित्र अनलाइन दरखास्त दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार
प्रतिक्रिया