२०८३ कात्तिक ११ , मंगलबार

चिस्यान घरमा राखेको आलुको बीउ कुहिँदा किसान चिन्तित



 

दैलेख । जिल्लाको नारायण नगर पालिका–६ स्थित गणेश चोक नजिकै रहेको चिस्यान घर मा भण्डारण गरिएको किसानले उत्पादन गरेको आलुको बिउ कुहिएको छ ।उचित व्यवस्थापन र संरक्षणको अभावमा चिस्यान घरमा राखिएको आलुको बिउ कुहिएपछि किसान चिन्तित छन् ।किसानले मेहनत गरेर उत्पादन गरेको आलुको बिउ अर्को सिजनमा प्रयोग तथा बेच्ने उद्देश्यले चिस्यान घरमा भण्डारण गरेका थिए तर अहिले बिउ कुहिएपछि गएपछि किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

चिस्यान घरमै आलुको बिउ बिग्रन थालेपछि चिन्तित बनाएको किसान तुलबहादुर थापाले गुनासो गर्नुभयो । उहाँले चिस्यान घरको अवस्थाबारे सम्बन्धित जनप्रतिनिधि तथा सरोकारवाला निकायले समयमै अनुगमन गर्नुपर्ने माग गर्नुभयो । उहाँले सरकारले उत्पादन गर भनेर प्रोत्साहन गर्ने तर उत्पादन गरेको बिउसमेत सुरक्षित राख्न नसक्ने हो भने किसानले कसरी उत्पादन गर्ने बताउनुभयो ।उहाँले चिस्यान घरको अवस्थाबारे सम्बन्धित जनप्रतिनिधि तथा सरोकारवाला निकायले समयमै अनुगमन गर्नुपर्ने किसानको माग गर्नुभयो ।
चिस्यान घरमा भण्डारण गरिएको अहिले सम्म करिब १०० देखि १५० क्विन्टल बीउ आलु क्षति भएको गोठपाडा सहकारी संस्थाका व्यवस्थापक दिनेश थापाले बताउनुभयो । उहाँले पछिल्लो बजार मूल्यअनुसार करिब १० देखि १२ लाख रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो। उहाँले किसानले उत्पादन गरेको आलुको बिउ सुरक्षित राख्न नसक्नु दुःखद् भएको बताउनुभयो। उहाँले यो समस्या १बर्ष पहिले देखि समस्या भएको बताउनुभयो ।उहाँले चिस्यान घरको व्यवस्थापन र भण्डारण गरिएको आलुको बिउको अवस्थाबारे सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले चिस्यान घरमा भएको मेसिनको समस्या हुदाँ आलु क्षेति भएको बताउनुभयो । चिस्यान घर निर्माण गर्ने कृषि विकास कार्यालय, सञ्चालनको जिम्मेवारी पाएको नारायण नगरपालिका तथा निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो अवस्था आएको ब्यवस्थापक थापाको भनाई छ ।

नगरपालिकाले शीतभण्डारको जिम्मेवारी सहकारीलाई दिएकाले त्यसको व्यवस्थापन र संरक्षणको जिम्मेवारी पनि सहकारीले नै लिनुपर्ने नगरप्रमुख लोमन शर्माले बताउनुभयो। किसानले उत्पादन गरेको आलुको बिउ संरक्षण गरी आगामी खेतीका लागि सहयोग पु¥याउने उद्देश्यले सहकारीलाई शीतभण्डार सञ्चालनको जिम्मेवारी दिइएको उहाँले बताउनुभयो। शीतभण्डारमा राखिएको आलुको बीउ संरक्षणदेखि मेसिन सञ्चालन तथा व्यवस्थापन सम्मका सबै काम सहकारीकै जिम्मेवारी रहेको उहाँको भनाइ छ।

किसानले उत्पादन गरेको बिउ बिग्रँदा आगामी खेतीमा समेत असर पर्ने भएकाले तत्काल चिस्यान घरको निरीक्षण गरी बिग्रिएको बिउको अवस्था र त्यसको कारण पहिचान गर्नुपर्ने देखिएको छ। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमसँगै उत्पादित वस्तुको सुरक्षित भण्डारण राख्नुपर्ने किसानको माग छ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
प्रतिक्रिया