
दैलेख। जिल्लामा केही समययता सर्पदंशको उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढेको छ। अत्यधिक वर्षाका कारण सर्प आहारा खोज्न बाहिर निस्कने भएकाले सर्पदंशका घटना बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।
दुल्लु नगरपालिका–७ की सरिता शाहीलाई केही दिनअघि मात्र रातिको समयमा ग्रीन पिट भाइपर सर्पले टोकेको थियो। सर्पले टोकेपछि तत्काल अस्पताल पु¥याएर उपचार गरिएपछि उहाँको स्वास्थ्यमा सुधार आएको र घर फर्किएको उहाँका आफन्तले बताएका छन्।
जिल्लामा आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा ३९जना महिला३२ जना पुरुष सर्पदंशका बिरामीले उपचार सेवा लिएका स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज बिश्वकर्माले बताउनुभयो । पछिल्लो समय जिल्ला अस्पतालमा दैनिक चारदेखि सात जनासम्म सर्पदंशको आशङ्कामा उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो।सर्पदंशका बिरामीमध्ये ग्रीन पिट भाइपर,हरियो पिट भाइपर लगायतका सर्पले टोकेका व्यक्ति उपचारका लागि आउने गरेका छन्।
विषरहित सर्पले टोक्दा टोकेको ठाउँ सुन्निने, घाउ हुने, घाउ पाक्ने र चिलाउनेजस्ता सामान्य समस्या देखिन सक्ने डाक्टर बिश्वकर्माले बताउनुभयो।
उहाँका अनुसार विषालु सर्पको विषले मुख्यतः रगत, स्नायु र मांसपेशीमा असर गर्न सक्छ। सर्पले टोकेमा झारफुक तथा घरेलु उपचारमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पु¥याउन उहाँले आग्रह गर्नुभयो।








