२०८३ कात्तिक ११ , मंगलबार

पर्यटकीय क्षेत्रमा सरसफाई अभियान



 

दैलेख । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जिल्लाको नगरपालिका–६ स्थित रहेको ऐतिहासिक पञ्चदेवल क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । ऐतिहासिक र पौराणिक महत्व बोकेको पञ्चदेवल क्षेत्रको संरक्षण, स्वच्छता तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेख र नारायण नगरपालिका–६ को संयुक्त पहलमा सरसफाइ कार्यक्रम गरिएको हो ।
पञ्चदेवल क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्व जोगाउन नियमित सरसफाइ र संरक्षण आवश्यक रहेको नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेले बताउनुभयो। उहाँले जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पञ्चदेवल क्षेत्रमा सार्वजनिक सम्पदाको स्वच्छता र मौलिकता कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले पञ्चदेवल सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।
उहाँले पञ्चदेवल दैलेखको मात्र नभई देशकै महत्वपूर्ण ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले प्रदेश ,संघ सरकारले ऐतिहासिक र पौराणिक महत्व बोकेको पञ्चदेवलको गर्न चासो नदेखाएको कारण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसकिएको आरोप लगाउनुभयो।
कार्यक्रममा ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण राज्य र समुदायको साझा दायित्व भएकाले स्थानीयस्तरबाट पनि संरक्षणमा सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखले नागरिक सहभागितामूलक कार्यक्रममार्फत ऐतिहासिक सम्पदाको संरक्षण र स्वच्छ वातावरण निर्माणमा स्थानीय तह तथा समुदायसँग सहकार्य गर्दै आएको जनाएको छ । भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठुला देवल रहेका छन् । पञ्चदेवल मध्यकालीन वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा परिचित छ।
सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी का

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार
प्रतिक्रिया