२०८३ कात्तिक ११ , मंगलबार

दैलेखका दुई वडा पूर्ण सरसफाइ उन्मुख घोषणा



यामराज बिष्ट
दैलेख । दैलेख जिल्लाका दुई वडा पूर्ण सरसफाइ उन्मुख वडाका रूपमा घोषणा गरिएको छ ।जिल्लाको दूल्लु नगरपालिका–१२पहिलो गुराँस गाउँपालिका–८लाई दैलेख जिल्लाको दोस्रो वडाका रुपमा पूर्ण सरसफाइ उन्मुख वडाका रूपमा घोषणा गरिएको छ । वडामा सूचकहरूको कार्यान्वयनमा पुरा गरेपछि वडालाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।
स्वच्छता प्रवद्र्धनमा उल्लेखनिय उपलब्धि हासिल गर्दै ६सूचकहरूको कार्यान्वयनमा उल्लेख्य प्रगति हासिल गरेपछि वडालाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको गुराँस गाँउपालिका–८का वडाध्यक्ष दिपेन्द वलीले जानकारी दिनुभयो । सूचक ६अन्र्तरगत वडाले घर आँगनलाई सधै सmफा राख्ने,सुरक्षित शौचालयको प्रयोग,सुरक्षित पानीको प्रगोग एंव भण्डारण,साबुन पानीले हाते धुने बानी तथा ब्यक्तिगत सरसफाइ, सुरक्षित खानाको तथा प्रयोग भण्डारण,सफा बतावरण लगायतका सुचक गरेपछि गरेपछिवडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको उहाँले बताउनुभयो ।वडाले सफा, स्वच्छ र स्वस्थ समुदाय निर्माण गर्ने अभियानअन्तर्गत निर्धारित समयमा तोकेका पूर्ण सरसफाइका आधारभूत सूचकहरू पुरा भइसके पछि पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको बताउनुभयो । वडाले पूर्ण सरसफाइका लागि आवश्यक आधारभूत क्रियाकलाप पूरा गरेको र पटक–पटक गरिएको अनुगमनबाट घोषणाका लागि आवश्यक मापदण्ड पूरा भएको पाइएपछि वडा घोषणा गरिएको उहाँले बताउनुभयो।

यस्तै कार्यक्रम बिभिन्न संस्थाले पालिकामा महत्वपूर्ण सहयोग पु¥याएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीलेबताउनुभयो। उहाँले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका आमा समूह, बजार व्यवस्थापन समिति तथा स्थानीय समुदायको प्रत्यक्ष र परोक्ष योगदानले वडा सरसफाइको लक्ष्य हासिल गर्न सहयोग पुगेको बताउनुभयो

।
गुराँस- ८मा प्रत्येक घरमा घरायसी तहमा पिउने पानीको सुरक्षित व्यवस्थापन, ४सय५९घरमा घरमा ठोस वस्तुफोहोर मैलाको उचित व्यवस्थापन, प्रत्येक घरमा सरसफाईको इकाई निर्माण तथा प्रयोग, प्रत्येक घरमा तरल फोहोरमैलाको उचित व्यवस्थापन गर्ने अभियोन थालिएको छ ।
यस्तै दूल्लु नगरपालिका- १२ले पनि पूर्ण सरसफाइका आधारभूत सूचक पूरा गर्दै स्वच्छ वातावरण निर्माणमा उल्लेख्य प्रगति गरेकाले वडालाई घोषणा गरिएको दूल्लु नगरपालिका -१२का वडाध्यक्ष लिलाराम लम्सालले बताउनुभयो ।उहाँले पूर्ण सरसफाइ अभियानले घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक क्षेत्रमा सरसफाइको अभ्यासलाई संस्थागत गर्दै स्वस्थ र सभ्य समाज निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको बताउनुभयो ।दुल्लु-१२लाई २०८१मसिर१९गते  वडा पूर्ण सरसफाइ उन्मुख वडाका रूपमा घोषणा गरिएको थियो ।
स्थानीय तह, वडा कार्यालय, विभिन्न सङ्घसंस्था तथा स्थानीय बासिन्दाको सहकार्यमा सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
प्रतिक्रिया