
काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको छ।
बैठकअघि बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। भण्डारी पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहनुहुनेछ।
यसैगरी बैठकले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको छ।
असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ।
प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार








