२०८३ कात्तिक ११ , मंगलबार

हुम्लामा ढुङ्गा खस्दा तीन जना घाइते



हुम्ला । अदानचुली गाउँपालिका–४ मछारीमा आइतबार बिहान माथिबाट खसेको ढुङ्गा घरको छतमा बजारिँदा जेसीभी चालकसहित तीन जना घाइते भएका छन्।

घाइते हुनेमा दैलेख दुल्लुका २९ वर्षीय जेसीभी चालक बखत खड्का, रुकुम पश्चिम सानाभेरी–१ का १६ वर्षीय रोसन राना र हुम्ला सिमकोट–४ का १७ वर्षीय रमेश शाही छन्।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईका अनुसार खड्काको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते तीनै जनाको श्रीनगर स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको छ। घटना हुँदा उनीहरू रिल्म हुँदै विगाठीसम्मको सडक निर्माणका क्रममा मछारी पुलपारिको घरमा सुतेका थिए।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार
प्रतिक्रिया