
दैलेख । नेपाली कांग्रेस दैलेखका जिल्ला कार्यसमिति सदस्य सुबासकुमार थापाले पार्टीको महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।युवा नेता थापाले पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताको भावना प्रतिनिधित्व गर्ने उद्देश्यले महासमिति प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ।
उहाँले पार्टीमा पुस्तान्तरणसँगै अनुभवी र युवा नेतृत्वबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ।लामो समयदेखि शिक्षण पेसासँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका थापाले पार्टी संगठनलाई थप बलियो र समयानुकूल बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।
बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन संगठनभित्र जिम्मेवारी, सक्रियता र नयाँ सोच आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले कांग्रेसका नेता तथा कार्यकर्तासँगको सहकार्यलाई प्राथमिकता दिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।








