
दैलेख । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रकाश राज थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ।पार्टीको आगामी महाधिवेशनका लागि थापाले खुलातर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको हो। उहाँले नेपाली कांग्रेसलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो।
थापाले पार्टीको संगठनलाई गाउँ तहदेखि नै मजबुत बनाउँदै कार्यकर्ताबीचको एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले कांग्रेसको नीति, विचार र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको पक्षमा पार्टीलाई थप प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो।
उहाँले युवाको सहभागिता, संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो।








