२०८३ कात्तिक ११ , मंगलबार

आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम



 

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रमा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा सोमबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आत्महत्याका कारण, जोखिममा रहेका व्यक्तिको पहिचान, मानसिक तनाव व्यवस्थापन तथा आत्महत्या रोकथामका उपायबारे स्थानीयलाई जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार
प्रतिक्रिया